नवलपरासीबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ
नवलपरासी | असार ४, २०८१
नवलपरासी: नवलपरासीको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादव रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एवाई ५४५० नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
उनको साथबाट अवैध लागुऔषध खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

